परिचय

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. (Laliguras Multipurpose Cooperative Ltd.) २०७८ साल चैत्र २० गते पोखरा महानगरपालिकामा दर्ता भएको सहकारी संस्था हो । यो संस्थाको कार्यक्षेत्र पोखरा महानगरपालिका वडा नं १० १२ र १४ रहेको छ । यस संस्थाले प्रारम्भदेखि नै सदस्यलाई सहज रूपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । स्थापनाको केही समयपछि यस संस्थाले डेरी व्यवसाय समेत सञ्चालन गर्दै आएको छ । संस्थामा हाल २५९ सदस्यहरु रहेका छन् भने संस्थाले सामाजिक व्यवसाय सञ्चालनका अतिरिक्त विभिन्न सामुदायिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । ‘सामाजिक रुपान्तरणसँगै आर्थिक समृद्धि र दिगो विकासका लागि सहकारी’ भन्ने मुख्य थिम लिएको संस्थाले समयप्रतिको प्रतिवद्धता, सामाजिक योगदानमा, चेतनामूलक सरसफाइ, सदस्यहरुप्रति आदरभाव जस्ता अभियान सञ्चालन गर्दै आएको छ ।

0 Comments